केरला पहिरो: मृत्यु हुनेको सङ्ख्या २५६ पुग्यो

२०८१ श्रावण १७, बिहीबार

काठमाडौँ : भारतको केरल राज्यस्थित वायनाडमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २ सय नाघेको छ। वायनाडको चुरलमाला र मुडक्कई गाउँमा मङ्गलवार बिहान मुसलधारे वर्षासँगै आएको पहिरोमा परी हालसम्म २५६ जनाको मृत्यु भएको हो।

केरलका मुख्यमन्त्री पिनाराई विजयनका अनुसार हालसम्म ३ हजार जनाको त्यस क्षेत्रबाट उद्धार गरिएको छ भने अझै पनि मानिसहरू पहिरोमा पुरिएको हुन सक्ने उनको भनाइ छ।

अहिले पनि वर्षा भइरहेका कारण उद्धार कार्यमा समस्या भइरहेको उनको भनाइ छ। पहिरोका कारण चुरलमाला र मुडक्कई गाउँ पूर्ण रुपले उजाड बनेको छ। आफन्तहरू अझै आफ्नाको खोजीमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार