रूख ढलेर गुडिरहेको माइक्रो च्यापिँदा एक जनाको मृत्यु

२०८१ श्रावण २१, सोमबार

धादिङ : गजुरी गाउँपालिका-५ पोखरेखोलास्थित सडकमा सोमबार बिहान रूख ढलेर बागमती प्रदेश ०१-००६ ख ६५१२ नम्बरको माईक्रोबस च्यापिँदा माइक्रोमा सवार रूविभ्याली गाउँपालिका-१ बस्ने ७२ वर्षीय निर्माग तामाङको मृत्यु भएको छ ।

गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रो रूखले च्यापिँदा गम्भीर घाइते भएका उनको काठमाडौंस्थित वीर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै रूखले च्यापिएर घाइते भएका माइक्रोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ७ जना उपचार पश्‍चात डिचार्ज भएका छन् ।

तत्काल खटिएको प्रहरीले उद्दार कार्य गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार