मधेसका मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले सोध्यो स्पष्टीकरण

२०८१ श्रावण २५, शुक्रबार

काठमाडौँ : जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ।

मुख्यमन्त्री सिंहलाई पार्टी निदेशन विपरित काम गर्न थालेको भन्दै स्पष्टीकरण सोधिएको हो। मुख्यमन्त्री सिंहलाई शुक्रबार स्पष्टीकरण सोधिएको महासचिव चन्दन सिंहले जानकारी दिए। मुख्यमन्त्री सिंहले एकलौटी निर्णय लिन थालेको भन्दै पार्टीभित्रैबाट गुनासो आएपछि स्पष्टीकरण सोधिएको हो। पछिल्लो पटक उनले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा पार्टीसँग कुनै सोधखोज गरेका थिएनन्।

गत साउन २२ गते ५ जना राज्यमन्त्री थपेका सिंहको क्याबिनेटमा अहिले २० सदस्य छन्। आफूखुसी क्याबिनेट विस्तार भएपछि पार्टीभित्रबाटै असन्तुष्टि बढेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार