बंगलादेशको अन्तरिम सरकारमा २ विद्यार्थी नेता पनि मन्त्री बने

२०८१ श्रावण २५, शुक्रबार

काठमाडौं : मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनेका छन् । उनलाई नेपाली समय अनुसार राति ९:०५ बजे राष्ट्रपति मोहम्मद शाहबुद्दीनले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

युनुस बाहेक सरकारमा सामेल हुने १६ मध्ये १३ जनालाई राष्ट्रपतिले सपथ खुवाएका थिए । सपथ लिनेहरूमा आन्दोलन गर्ने विद्यार्थीहरूका २ नेताहरू नाहिद इस्लाम र आसिफ महमूद पनि थिए।

ढाका ट्रिब्यूनका अनुसार सपथ समारोहमा करिब ४०० जना सहभागी थिए। यसअघि विदेश मन्त्रालयले शेख हसिनाको भावी योजना के छ भन्ने थाहा नभएको बताएको थियो । आरक्षण आन्दोलनले हिंसात्मक रुप लिएपछि हसिना ढाका छोडेर अगस्ट ५ मा दिल्ली गएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार