छाडा साँढेको आक्रमणमा परी महिलाकाे मृत्यु

२०८१ श्रावण २६, शनिबार

काठमाडौँ : छाडा साँढेले हान्दा बुटवलमा एक महिलाको मृत्यु भएको छ। साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो।

गुल्मीको रेसुंगा नगरपालिका-४ तम्घास घर भएकी सीता बुटवल उपमहानगरपालिका–३ गोलपार्क दुर्गामन्दिरस्थित बाटोमा पैदल हिडिरहेकी उनलाई साँढेले हानेर गम्भीर घाइते भएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रवक्ता तथा डिएसपी मनाेहर भट्टका अनुसार साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी हुन्।

उनकाे टाउकोमा भित्री चोट लागेकाे थियाे। दुई वटा साँढे जुध्दै गरेका बेला दूध लिन हिंडेकी सीतालाई साँढेले कुल्चिएपछि घाइते भई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

उपचारका क्रममा शनिबार राती ७:५० बजेतिर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार