एमालेसँगका विमतिमा चुप लागेर बस्नका लागि गठबन्धन बनाइएको होइन : महामन्त्री शर्मा

२०८१ श्रावण २६, शनिबार

काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले एमालेसँग भएका विमतिलाई ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतीका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे।

‘एमालेको हामीसँगका विमतिलाई हामीले बुझ्नुपर्छ, एमाले हामीसँग कयौं कुरामा असहमत छ,’ शर्माले भने, ‘राजनीतिमा यस्तो हुन्छ। नेकपा एमालेका सबै दृष्टिकोणसँग सहमत भयौं हामी भने, हाम्रो दृष्टिकोणसँग एमाले सहमत भयो भने त पार्टी एउटा हुने हो नि।’

उनले थपे, ‘केही बोल्यो भने केपी कमरेडलाई फिल होला भनेर कांग्रेसले सोच्ने थाल्ने, एमालेका केही बोल्दाखेरी शेरबहादुर देउवा हाम्रो पार्टी सभापतिलाई फिल होला भनेर एमाले चुप लाग्न थाल्ने। हामीले चुप लाग्नाका लागि यो गठबन्धन बनाएको होइन।’

फरक प्रसंगमा महामन्त्री शर्माले सरकारले मुलुकलाई तत्काल मुनाफा दिने खालको आयोजनाहरुको कामलाई अघि बढाउन जोड दिनुपर्ने आवश्यकता पनि औल्याए। मुलुकलाई ऋणको भार बढाउने खालको आयोजनाहरुको काम अहिलेका लागि प्राथमिकतामा राख्न नहुने उनको सरकारलाई सुझाव थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार