चितवन : चितवनको नारायणी नदीको पुलबाट हाम फालेर शनिबार मध्याह्नमा एक पुरुष बेपत्ता भएका छन् ।
शनिबार मध्याह्न १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित नारायणीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । बेपत्ता भएका पुरुष अन्दाजी २५/३० वर्षको भएको उनले बताए । बेपत्ता
पुरुषको पहिचान खुलेको छैन । नदीमा हाम फालेका पुरुषको खोजी कार्य भइराखेको प्रहरीले जानकारी दिए ।





