बडीगाड खोलामा महिलाको शव फेला

२०८१ श्रावण २७, आईतवार

गुल्मी : गुल्मीमा बडीगाड खोलामा एक महिलाको शव फेला परेको छ ।

चन्द्रकोट गाउँपालिका-८ स्थित बडीगाड खोलामा नाम थर वतन नखुलेको अन्दाजी  ५०/५५ वर्षकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए । स्थानीयले  खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव पहिचानको लागि जिल्लाभर र छिमेकी जिल्लाहरुमा सूचना प्रवाह गरिएको केसीले बताए । घटनाको थप अनुसन्धान सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार