प्रि ओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से

२०८१ श्रावण २७, आईतवार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमै नेप्से दोहोरो अंकले बढेको छ । नेप्से १३.७० अंकले बढ्दै २७८०.०८ को बिन्दुमा उक्लिएको छ ।

प्रि सेसनमा ७२ हजार २०३ कित्ता किनबेच हुँदा कारोबार रकम तीन करोड ९४ लाख ६८ हजार रुपैयाँको भयो । यो सेसनमा १०९ कम्पनीको किनबेच भएको छ । जसमा ७२ कम्पनीको मूल्य बढेको छ ।

यो सेसनमा सर्वाधिक सिवम् सिमेन्टको कारोबार भयो । सँगै निफ्रा, सोनापुर मिनरल्स, सवोत्तम सिमेन्ट, घोराही सिमेन्टको पनि कारोबार भयो ।

यसअघि बिहीबार नेप्से ६.७० अंकले बढेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार