रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित तल्लोबजारमा आईतबार मोटरसाईकल दुघर्टना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । मोटरसाईकलको पछाडि बस्ने अर्का एक घाईते भएका छन् ।
चन्द्रनिगाहपुर–गौर सडकखण्डस्थित चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षिय प्रहरी जवान नविनकुमार यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
मोटरसाईकल दुर्घटनामा परि जवान यादव गम्भीर घाईते थिए । उनलाई तत्कालै चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा अस्पतालमा लगिएको हो । यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायो ।





