बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

२०८१ श्रावण २७, आईतवार

पोखरा : पोखरा महानगरपालिका–१४ चाउथे उकालोस्थित सडकमा भे.१ ख ४००९ नम्बरको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

हाल नाम, थर, वतन नखुलेका पैदलयात्री अन्दाजी २२ वर्षीय पुरूषको आइतबार दिउँसो मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार