कर्णालीमा विपद् : ६३ दिनमा १० जनाको मृत्यु

२०८१ श्रावण २८, सोमबार

सुर्खेत : कर्णालीमा मनसुनजन्य विपद्‌बाट ६३ दिनको अवधिमा १० जनाले ज्यान गुमाएका छन् । वर्षातका कारण आएको पहिरो तथा बाढीमा गरी ती व्यक्तिहरूले ज्यान गुमाएका हुन् ।

कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका मुख्यमन्त्री यामलाल कँडेलका अनुसार यो वर्षको विपद्जन्य मनसुन जेठ २८ गतेदेखि सुरु भई आइतबारसम्म विपद्मा परी एक जना बेपत्ता भएका छन् । यस्तै विपद् घटनामा परी २१ महिला ३४ पुरुष गरी ५५ जना घाइते भए । उपचारपछि सबै नागरिक घर फर्किएको कँडेलले बताए ।

यस्तै यो अवधिमा विपद्का घटनाबाट १४५ परिवार विस्थापित भएको उनको भनाइ छ । जसमा निजी आवासतर्फ ९० पूर्ण क्षति, ५९ घरमा आंशिक क्षति भएको छ । यस्तै सार्वजनिक संरचनातर्फ १० पूर्ण र ६ वटामा आंशिक क्षति भएको छ । २५७ पशु चौपायको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार