सशस्त्रमा १४ वर्ष पछि मात्र ३० वर्षे सेवा अवधि हटाउनुपर्ने कार्यदलको निष्कर्ष

२०८१ श्रावण २८, सोमबार

काठमाडौँ : सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधि हटाए पनि तत्काल लागू गर्न नहुने अध्ययन कार्यदलको निष्कर्ष छ । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको अध्ययन कार्यदलले सशस्त्रमा २०९५ सालबाट मात्र ३० वर्षे सेवा अवधि हटाउनुपर्ने निष्कर्ष सहितको प्रतिवेदन गृहमन्त्री रमेश लेखकलाई बुझाएको छ ।

सशस्त्रमा ३० वर्षे सेवा अवधि हटाउँदा खुल्ला प्रतिस्पर्धाबाट आएका इन्स्पेक्टरहरू २७ वर्षसम्म एउटै पदमा बस्नुपर्ने अवस्था देखिएको हुनाले त्यस्तो प्रस्ताव गरिएको कार्यदलका एक जना सदस्यले बताए । उनले भने, ‘त्यसैले सशस्त्रमा २०९५ पछि मात्र लागू गर्न उपयुक्त हुने भनेर सिफारिस गरेका छौँ ।’

आचार्य नेतृत्वको कार्यदलले साउन १७ मा गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । कार्यदलमा गृह मन्त्रालयका उपसचिव कृष्ण गैरे, सशस्त्रका डीआईजी दीपेन्द्र शाह, प्रहरीका डीआईजी राजन अधिकारी, विज्ञ पूर्व डीआईजी पुरुषोत्तम कँडेल र गृह मन्त्रालयको कानुन महाशाखाका उपसचिव ऋषि पौडेल सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार