नवलपुर : पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– २ दाउन्नेमा सडक भासिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सडक भासिँदा दाउन्नेमा सवारीसाधन एकतर्फी मात्र सञ्चालनमा छ। प्रहरी र एक्साभेटरको सहयोगमा दुईतर्फी बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
सोमबार साँझ करिब ५ बजेतिर सडक भासिएको हो।





