मंगल ग्रहमा पानी भएको पुष्टि

२०८१ श्रावण २९, मंगलवार

काठमाडौं : मंगल ग्रहमा पानी हुनसक्ने भन्दै लामो समयदेखि जारी वैज्ञानिक अनुसन्धानले  पानी भएको पुष्टि गरेको छ ।

हालै मंगल ग्रहको चट्टानको गहिराइमा तरल पानीको भण्डार भेटिएको वैज्ञानिकहरुले पुष्टि गरेका हुन् । मंगल ग्रहको चट्टानी बाहिरी क्रस्टको गहिराइमा वैज्ञानिकहरुले पानीको भण्डार फेला पारेका हुन् । सन् २०१८ मा मंगलग्रहबाट फर्किएको नासाको मार्स इनसाइट ल्याण्डरको डाटाको नयाँ विश्लेषणबाट वैज्ञानिकहरु यो निष्कर्षमा पुगेका हुन् । ल्यान्डरले सिस्मोमिटर बोकेको थियो । यसले मंगलग्रहको गहिराइबाट चार वर्षको कम्पन अर्थात् भूकम्पहरू रेकर्ड गरेको थियो ।

ती भूकम्पहरूको विश्लेषण र ग्रहको गति अनुसन्धानबाट तरल पानीको भूकम्पीय संकेतहरु भेटिएका हुन् । मंगल ग्रहको ध्रुवमा पानी जमेको र वायुमण्डलमा वाष्पको प्रमाण भए पनि ग्रहमा तरल पानी भेटिएको यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार