पर्सामा आफ्नै ससुराको हत्या गर्ने ज्वाइँ पक्राउ

२०८१ श्रावण २९, मंगलवार

पर्सा : पर्सामा एक जना युवकले आफ्नै ससुराको हत्या गरेका छन् । वीरगन्ज महानगरपालिका-७ रामटोल बस्ने ६५ वर्षीय सिताराम सर्राफको हत्या गरेको अभियोगमा उनकै ज्वाइँ पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही महानगरपालिका-१० प्रगति टोल डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-१ राजदेवी टोल घर भएका ३१ वर्षीय साजन सर्राफ रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूबिच विवाद भएपछि साजनले सीताराममाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका सीतारामको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार