सानिमा जिआइसी इन्स्योरेन्सले हकप्रद जारी गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

२०८१ श्रावण १७, बिहीबार

काठमाडौं : सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीले हकप्रद शेयर जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ५० लाख कित्ता हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार