कस्तो रहनेछ आजको मौसम ?

२०८१ श्रावण ३०, बुधबार

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ।

कोशी, मधेस, बागमती गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  एक–दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी  प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार