शान्ति प्रक्रियामा ‘राजा’ को योगदान छ: अध्यक्ष लिङ्देन

२०८१ श्रावण ३०, बुधबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संक्रमणकालीन न्याय टुंग्याउने गरी सहमति जुट्दा पूर्वराजा ज्ञानेन्द्र शाहलाई दलहरूले नसम्झेको भन्दै गुनासो गरेका छन्।

बुधबार प्रतिनिधिसभामा प्रस्तुत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (तेस्रो संशोधन) विधेयक २०७९’ माथि छलफलमा सहभागि हुँदै लिङ्देनले शान्ति प्रक्रियामा पूर्वराजाको योगदान रहेको दाबी गर्दै यस्तो गुनासो गरेका हुन्।

‘शान्ति प्रक्रियाको कुरा गर्दा एकले अर्कालाई जस दिने धन्यवाद दिने कुरा गर्दा म दलहरूलाई विनम्रता पूर्वक आग्रह गर्न चाहन्छु,’ लिङ्देनले भने,‘जनयुद्ध भन्नुस् चाहे विद्रोह भन्नुस्, त्यसको नेतृत्व गर्ने नेता स्वयम्ले भन्नुभो, यो हारजितमा टुंगिएको विद्रोह लडाईं होइन्। यो सम्झौताबाट टुंगिएको हो।’

त्यो सम्झौताको एउटा पक्ष तत्कालीन राजा रहेको लिङ्देनले दाबी गरे। ‘आज राजालाई तपाईंहरूले सम्झनुपथ्र्यों, दलहरूले सम्झनुपथ्र्यो। राजा जसले राजगद्दी छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, आज सम्झनुपर्छ। त्यत्ती पूर्वाग्रही बन्नुहुन्न भन्ने म ठान्छु। आफ्ना मान्यता र दर्शन छ,’ उनले भने।

‘यो शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन योगदान पुर्‍याएको होइन् ?’ लिङ्देनले प्रश्न गरे। ‘राजालाई त शान्तिप्रक्रियालाई सघाएकामा दलहरूले नोबेल पुरस्कारको सिफारिस गर्नुपथ्र्यों,’ लिङ्देनले भने।

लिङ्देनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउनेगरी सहमतिको विधेयक आएका खुशी व्यक्त गरे। र, राप्रपा पीडितले न्याय पाउने र शान्ति प्रक्रिया टुंगोमा पुग्नुपर्नेमा सहमत रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार