भावुक हुँदै नेपालले भनेः साना दुःखले ल्याएको शान्ति प्रक्रिया होइन

२०८१ श्रावण ३०, बुधबार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रियाको इतिहास सम्झँदै ‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया’ नभएको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभामा प्रस्तुत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (तेस्रो संशोधन) विधेयक २०७९’माथि छलफलमा भाग लिँदै अध्यक्ष नेपाल केही भावुक पनि बने।

‘२०६२ सालमा दिल्लीमा महत्त्वपूर्ण सम्झौता भएको छ। कसैको मुखबाट आएन। प्रचण्ड (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल) जीको मुखबाट त आउछकी भन्ने सोचेको उहाँले पनि बिर्सिनुभएछ,’ नेपालले गुनासो गर्दै भने।

मंसिर ३ गते भएको सहमतिका लागि आफू कात्तिक अन्तिममा दिल्ली पुगेर माओवादी अध्यक्ष दाहाललाई फोन गरेको स्मरण गरे। त्यहाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग छलफल भएको र त्यहाँ नभए केरला जानेसम्मका विकल्पमा सोचिएको भएको नेपालले स्मरण गरे।

‘त्यहाँ वामपन्थीको सरकार थियो। कम्युनिस्ट पार्टी हाम्रो भातृत्व भएको पार्टीको सरकार थियो। केन्द्र सरकारको थिएन,’ उनले भने।

अहिले नेपालमा भारतको सहयोगमा भएको हल्ला चलाइएको उनले बताए। ‘मेरो सहयोगी अहिलेको प्रधानमन्त्री केपी ओली जी, कृष्णप्रसाद सिटौलाजी हुनुहुन्थ्यो। सहमति भएपछि नेपाल आएर थुनामा बस्नुभएका शेरबहादुर देउवाजीसँग कुरा भयो। उहाँले केही शब्द थप्न भन्नुभो,’ नेपालले स्मरण गरे। ‘त्यसो हुनाले साना दुःखले आज्र्याको मुलुक होइन भनेजस्तै साना दुःखले गरेको शान्ति प्रक्रिया होइन, सबैलाई चेतना भया,’ नेपालले अगाडि भने।

त्यही जगमा २०६५ मंसिर ५ को शान्ति सम्झौता भएको नेपालले बताए। ‘यही हलमा शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। त्यहाँ दुईवटा पक्षको मात्र होइन हामी सहभागी भएकाहरूको पनि हस्ताक्षर राख्नुस् भनेको थिएँ,’ उनले भने, ‘त्यहाँ हाम्रै साथीको पनि गल्ती थियो।’

आफू रिसाएर त्यो कार्यक्रममा आउन नचाहेकोसम्म नेपालले सुनाए। ‘म आउन चाहेको थिएन। गिरिजाबाबुले र प्रचण्डले फोन गरेर तपाईं आउनुस् आउनुस् हामी पर्खिरहेका छौं भनेपछि आएको हुँ,’ उनले सम्झिए,‘आएपनि म रिसाएको थिएँ। म रिस लुकाउन सक्दिनँ, त्यसैले म त्यस फोटोमा रिसाएको आएको छु।’

मनको बह संसदमा कह भनेकाले आफूले भनेको उनले बताए। शान्ति प्रक्रिया नेपालको आफ्नै होमप्रोडक्ट भएको भन्दै विश्वभर चर्चा गरेको पनि नेपालले सुनाए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार