भ्रष्टाचार मुद्दामा गोदावरी नगरपालिका मेयरसहित सबैलाई सफाइ

२०८१ श्रावण ३०, बुधबार

काठमाडौँ : विशेष अदालतले भ्रष्टाचार मुद्दामा ललितपुरस्थित गोदावरी नगरपालिकाका मेयरसहित सबैलाई सफाइ दिने फैसला सुनाएको छ ।

विशेष अदालतले बुधबार यससम्बन्धी पाँच मुद्दामा फैसला गर्दै दाबी नपुग्ने फैसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष २१ जेठमा गोदावरीका मेयर गजेन्द्र महर्जनसमेतलाई प्रतिवादी बनाउँदै पाँचवटा मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष ०७५/७६ देखि नै वार्षिक रूपमा राजस्व हिनामिना गरेको अभियोग लगाइएको थियो ।

सबै मुद्दामा गरी एक अर्ब रुपैयाँ बिगो निर्धारण गरी मुद्दा दायर भएकोमा विशेषले सफाइ दिएको हो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाले फैसला गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार