प्रहरीको सीआईडी हुँ भन्दै सर्वसाधारणलाई दुःख दिने दुई जना पक्राउ

२०८१ श्रावण ३०, बुधबार

पोखरा : सादा पोशाकमा प्रहरीको हुँ भएको भन्दै सर्वसाधारणलाई दुःख दिइरहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१७, छोरेपाटन निवासी ३२ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा महानगरपालिका-७, माछापुच्छ्रे टोल निवासी २६ वर्षीय सरोज थापा रहेका छन्। बागलुङ बसपार्कस्थित सार्वजनिक स्थानमा आफूहरू सादा पोशाकमा खटिएको प्रहरी भएकाे भन्दै सर्वसाधारणलाई डर देखाएर शरीरको तलासी लिने, चेकजाँच गर्ने, पैसा असुल गर्ने तथा कानुनी कारबाहीमा ल्याउने धम्की दिने कार्यमा संलग्न रहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

उक्त सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर, कास्कीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई अभद्र व्यवहारको अभियोगमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार