मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा २ जनाको मृत्यु, १ घाइते

२०८१ श्रावण ३१, बिहीबार

झापा : झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मेचीनगर नगरपालिका–१३ कालीझोडास्थित पूर्वपश्चिम राजमार्गमा मे. ६ प ८३२० नम्बरको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा पैदलयात्री अन्दाजी ३५ वर्षीय युवक र मोटरसाइकल चालकको मृत्यु भएको हो। पैदलयात्री मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार मेचीनगर ९ का २९ वर्षीय मन्दिप मेचे र २५ वर्षीय सागर मेचे घाइते भएका थिए। घाइतेमध्ये सागर मेचे र पैदलयात्री युवकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो।अर्का घाइते मन्दिप मेचेको बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार