मुकुललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने रास्वपाको तयारी

२०८१ श्रावण ३१, बिहीबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्ने तयारी गरेको छ।

यसअघि नै महामन्त्री र पार्टी प्रवक्ताबाट हटाइसकेको रास्वपाले साधारण सदस्य समेत नरहने गरी हटाउन २४ घन्टे स्पष्टीकरण सोधेको हो।बुधबार पत्राचार गर्दै सोकिएको स्पष्टीकरणमा २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेस गर्न भनिएको छ।

कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सोधेको स्पष्टीकरणमा भनिएको छ,‘पार्टीविरुद्ध नियोजित रूपमा निरन्तर सक्रिय तपाईँलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईँको साधारण सदस्यता किन खारेज नगर्नु पर्ने ? आफ्ना आधार, प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेस गर्नुहुन सूचित गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

ताजा समाचार