उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

२०८१ श्रावण ३१, बिहीबार

काठमाडौँ : उच्च अदालत पाटनका  न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।

ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले बताए । उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार नहुने गरी बिदा दिइएको  पराजुलीले बताए । उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।

न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए । उनी केही समय देखि उपचाररत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार