भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

२०८१ श्रावण ३१, बिहीबार

काठमाडौँ : भारतले ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहार प्रदान गरेको छ।

भारतीय दूतावासले विशेष कार्यक्रम गरी स्कुल बस र एम्बुलेन्स प्रदान गरेको हो। भारतले स्वतन्त्रता दिवसको अवसरमा प्रत्येक वर्ष नेपाललाई एम्बुलेन्स र स्कुल बस दिँदै आएको छ। हालसम्म एक हजार ९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस प्रदान प्रदान गरिसकेको भारतीय दूतावासले जनाएको छ।

पछिल्लो एक वर्षमा भारतीय सहयोगमा नेपालमा २५ परियोजना उद्घाटन गरिएको, ६ परियोजनामा हस्ताक्षर भएको र ९ वटा परियोजना शिलान्यास गरिएको दूतावासले जनाएको छ।

गत पुसमा नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय सहमतिपछि भारतले नेपालमा परियोजनामा सिधै २० करोड खर्च गर्न पाउने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार