मकवानपुरमा अरिंगालले टोकेर युवकको मृत्यु

२०८१ श्रावण ३१, बिहीबार

हेटौडा : अरिंगाल टोकेर एक युवकको मृत्यु भएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-५ छापडाँडाका ३२ वर्षिय सुमन गोलेको बिहीबार बिहान मृत्यु भएको हो ।

घरदेखि १ किमी दक्षिणको बारीमा काम गर्ने क्रममा बुधबार एक दर्जन भन्दाबढी अरिंगालले टोकेर गोले घाइते भएका थिए । घाइते गोलेलाई उपचारका लागि मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ लगिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार