ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि गठ्ठाघरमा तनाव

२०८१ श्रावण ३१, बिहीबार

काठमाडौं : भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेका छन् । उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित छ । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ ।

ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको थियो ।

 

दुर्घटनामा स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार