गठ्ठाघरको प्रदर्शन साम्य पार्न २२ राउण्ड अश्रुग्याँस प्रहार

२०८१ श्रावण ३१, बिहीबार

काठमाडौँ : भक्तपुरको गठ्ठाघरमा दुर्घटना भएपछि सुरु भएको प्रदर्शन साम्य पार्न २२ राउण्ड अश्रुग्याँस प्रहार गरिएको प्रहरीले जनाएको छ ।

ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्करबाट बा.४९ प ८९४४ नम्बरको स्कुटर चालकको मृत्यु भएपछि गठ्ठाघर क्षेत्रमा प्रदर्शन भएको थियो । दुर्घटनापछि सुरु भएको विरोध तथा हुलदंगा नियन्त्रणमा लिन २२ सेल अश्रुग्याँस हवाई फायर गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए ।

प्रदर्शन नियन्त्रणमा लिन एसपी बेद विष्टको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्रको टिम समेत परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार