परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि राजदूत सिफारिस

२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौँ : सरकारले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गरेको हो। यसअघि बेल्जियम खाली राखेर अन्य देशमा मात्र राजदूत सिफारिस गरिएको थियो। बेल्जियमको ब्रसेल्समा युरोपेली आयोगको मुख्यालय रहेकाले यहाँको जिम्मेवारीलाई महत्त्वपूर्ण मानिन्छ।

लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन्। उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार