बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउँदै राधिका, ओलीले मागे सहयोग

२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गरेकी छिन् । बालुवाटारमा खाली रहेको पुस्तकालयको कोठालाई पिपुल्स लाइब्रेरी बनाउने प्रस्ताव पत्नी राधिकाबाट आएको भन्दै प्रधानमन्त्री ओलीले सबैलाई सघाउन आग्रह गरेका छन्।’त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् ।

राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजारवटा पुस्तक अट्ने रहेछ । लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको छ ।

तपाईँहरू पनि पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्नुहुन्छ’ ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन् । पुस्तकालयका लागि शाक्यले हप्तामा ६ दिन एक एक घण्टाको समय छुट्टाउने भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार