थाइल्यान्डकी प्रधानमन्त्री बनिन् ३७ वर्षीया सिनावात्रा

२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौँ : थाइल्यान्डमा पेतोङतार्न सिनावात्रा प्रधानमन्त्री बनेकी छिन् । पूर्वप्रधानमन्त्री तथा अर्बपति व्यवसायी थाक्सिन सिनावात्राकी छोरीसमेत रहेकी पेतोङतार्नलाई शुक्रबार थाई संसद्ले प्रधानमन्त्रीमा चयन गरेकी हुन् ।

३७ वर्षीया पेतोङतार्न थाइल्यान्डकी सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीसमेत बनेकी छिन् । थाई संसद्‍मा भएको मतदानमा उनको पक्षमा ३१९ मत परेको बेंग्कक पोस्टले जनाएको छ । त्यस्तै उनको विपक्षमा १४५ मत पर्दा २७ सांसद भने अनुपस्थित रहे ।

शुक्रबार बिहान फेउ थाई पार्टीका महासचिव सोरावङ थिएंग्थोंगले शुक्रबार पेतोङतार्नलाई प्रधानमन्त्रीका रूपमा मनोनयन गरेका थिए । पेतोङतार्न थाइल्यान्डकी दोस्रो महिला प्रधानमन्त्रीसमेत हुन् ।

यसअघि उनकी काकी यिङ्‍गलक सिनावात्रा थाइल्यान्डकी प्रधानमन्त्री बनेकी थिइन् । श्रीथा टाविसिनलाई संवैधानिक अदालतले प्रधानमन्त्रीबाट बर्खास्त गरेपछि पेतोङतार्न सिनावात्रा नयाँ प्रधानमन्त्रीका रूपमा चयन भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार