सहकारी छानबिन समितिले दिपेश पुनसँग लियो बयान

२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौं : सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रूपन्देहीको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिएका पुनसँग बयान लिएको हो । सुप्रिम सहकारीबाट गोरखा मिडियामा गैरकानुनी ढंगले कर्जा प्रवाह भएको पाइएको छ ।

समितिले निरन्तररूपमा सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपितहरूसँग बयान लिइरहेको छ । यसअघि केही आरोपितलाई कारागारबाट झिकाएर समितिले बयान लिएको थियो ।

समितिका संयोजक सूर्य थापाले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिनको तथ्यमा पुग्नका लागि सबै पक्षसँग निरन्तर छलफल र बयान लिने काम भइरहेको बताए ।

गएको जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार