भारतले धौलीगंगा बाँध खोल्दै, सतर्क रहन आग्रह

२०८१ भाद्र १, शनिबार

काठमाडौं : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध आज (शनिबार) खोलिने भएको छ ।

बाँध खोलेपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर आग्रह गरेको छ । प्रशासनका अनुसार परियोजनाको बाँधको सिल्ट सफाइ गर्नका लागि आज बाँधका ढोका खोल्ने जानकारी आएको छ ।

आज बिहान ८ बजेदेखि भोलि बेलुकासम्म बाँध सफा गर्न ढोका खोल्न लागिएकाले महाकाली नदीको जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार