काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरमा शनिबार झडपको स्थिति उत्पन्न भएको छ । आफूलाई अभियन्ता बनाउने व्यक्तिहरू र प्रहरीबीच धकेलाधकेल भएको हो ।
स्वतन्त्र, राष्ट्रवादी, र वैकल्पिक शक्तिको संयुक्त नागरिक आन्दोलनले भ्रष्टाचार मुद्दामा रहेको ५ वर्षे हदबन्दी खारेज गर्नुपर्ने मागसहित आयोजना गरेको प्रदर्शनमा झडपको अवस्था सृजना भएको हो।
प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वरसम्म पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रदर्शनका क्रममा युवाहरूले भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै निषेधित क्षेत्रतर्फ अघि बढ्न खोज्दा प्रहरीको रोकावटसँगै धकेलाधकेलको अवस्था सिर्जना भएको हो।
डा. निकोलस भुसाल, हेमराज थापासहितले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरिरहेको छ । भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।





