प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

२०८१ भाद्र १, शनिबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको छ ।

भेटमा दुई नेताबीच विभिन्न राजनीतिक विषयमा विमर्श भएको छ । भेटका क्रममा प्रधानमन्त्रीले देउवालाई सरकारले गरिरहेका कामबारे जानकारी गराएका थिए ।

देउवाले प्रधानमन्त्रीलाई सरकारले गर्नुपर्ने कामको बारेमा पनि सुझाव दिएका थिए ।

‘नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो, केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए, सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए’, भेट पछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार