प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेट

२०८१ भाद्र १, शनिबार

काठमाडौं : प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

भेटमा केही राजनीतिक विमर्श भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री देउवाबीच सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि छलफल भएको छ।

‘आज शनिबार ! नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार