परराष्ट्रमन्त्री राणा भोलि भारत भ्रमणमा जाने

२०८१ भाद्र १, शनिबार

काठमाडौँ : पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भोलि देखि छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

उनका भारतीय समकक्षी डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालले जनाएको छ। भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रबर्द्धननबारे छलफल गर्ने जनाइएको छ।

दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार