मन्दिर दर्शन गरी फर्कने क्रममा चट्याङ लागेर मृत्यु

२०८१ भाद्र २, आईतवार

काठमाडौँ : जुम्लामा एक जना पुरुषको चट्याङ लागेर मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका-२ बस्ने ४० वर्षीय धनसुर बुढाको शुक्रबार दिउँसो मृत्यु भएको हो । मुगु छायानाथ नगरपालिका-१० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी घर फर्कने क्रममा जुम्ला पातारासी गाउँपालिका-४ भेरीनाकी पाटनस्थितमा चट्याङ लागेर धनसुरको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार