गाडी दुर्घटनामा गाउँपालिकाका उपाध्यक्ष कार्कीको मृत्यु

२०८१ भाद्र ४, मंगलवार

हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ।

सोमबार सुर्खेतको भेरीगंगा नगरपालिका-५ एमाले मोडमा भएको गाडी दुर्घटनामा घाइते भएका कार्कीको गयराति उपचारको क्रममा मृत्यु भएको माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिईन्। सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा  २४ जना यात्रु घाईते भएका थिए।

कार्की  माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका सचिवालय सदस्यसमेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार