काठमाडौँ : केई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई-मोबिलिटीले आगामी नाडा अटो शोमा लन्च गरिने आफ्ना तीन ओटा गाडीका मोडेलहरु सार्वजनिक गर्ने तयारी गरेको छ ।
कम्पनीले ती मोडको नाम सार्वजनिक गर्दै पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन पनि शुरु गरेको छ।जस अन्तर्गत सहभागिता जनाउन केई नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्नको जवाफ लेख्नु पर्नेछ।
क्याम्पेनमा सहभागी हुन केई नेपालको फेसबुक पेज र इन्स्टाग्राम पेजमा जानुपर्ने छ।सहभागी मध्येबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी जवाफ दिने एक जना भाग्यशाली विजेताले जर्मनको प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्न सक्नेछन् । केई नेपालको सोसियल मीडिया फलोवर्स र फ्यान्सहरुले उक्त रमाइलो क्याम्पेनमा अनुमान गरि भाग्यशाली बिजेता बन्न सक्नेछन् ।
उक्त क्याम्पेनबाट भदौ १० गतेसम्म चल्ने कम्पनीले बताएको छ। नाडा अटो शोमा केई अटोमोबाइल्सको स्टल नं एच- १६ मा आएर केई ब्रान्ड र नाडामा लन्च गरिने केईका गाडीहरुका बारे जानकारी लिन पनि कम्पनीले भनेको छ ।





