लगातारको वर्षाले कैलालीका अधिकांश बस्ती डुबानमा

२०८१ भाद्र ५, बुधबार

कैलाली : कैलालीका अधिकांश बस्ती डुबानमा परेका छन्। मंगलवार रातिदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीको कान्द्रा नदी र मोहना नदीमा पानीको सतह नाघेपछि अधिकांश बस्ती डुबानमा परेका हुन्।

कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहोराले प्रायः जसो सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेकाले आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको बताए। उनका अनुसार जिल्लाका अधिकांश बस्ती जलमग्न र डुबानमा छन्।

अहिलेसम्म घोडाघोडी नगरपालिका–९, गौरीगंगा नगरपालिका, गौरीगंगा नगरपालिका–७ र ९ मा गरेर करीब एक दर्जन बढी घर डुबानमा परेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार