रामेछापमा खोलाले बगाएर एक जनाको मृत्यु

२०८१ भाद्र ५, बुधबार

काठमाडौँ : रामेछापमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । चनखु र चिसापानीको बिचमा बखरे खोलाले बगाएर ४५ वर्षीया लोकमाया श्रेष्ठको मृत्यु भएको रामेछापका डीएसपी प्रदिपकुमार सिंहले बताए ।

मृतक मन्थली नगरपालिका–१० की स्थानीय हुन् । शव पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाइएको डीएसपी सिंहले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार