काठमाडौँ : बजार झिनो अकंले बढेको छ । अन्तिमको एक मिनेटमा बजारमा सामान्य सुधार देखिएको हो ।
नेपालमा बजार पुँजिकरण कूल ग्राहस्त उत्पादन नजिक पुगेकोले शेयर बजार कुनै पनि बेला ढल्न सक्ने चर्चाहरु अहिले बजारमा हुन थालेका छन् । बजारमा आउने सम्भावित गिरावटलाई लिएर अहिले नियामक निकायहरु पनि सबल, वित्तीय अवस्था उत्कृष्ट र लाभांश क्षमता राम्रो रहेको कम्पनीको रोज्न सुझाव दिइरहेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.११ अकंले बढेर २९६८.४४ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ५११ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।
यसदिन फाइनान्स कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । फाइनान्स समूहको शेयर मूल्य सर्वाधिक ४.९९ प्रतिशतले बढेको छ । साथै, बैंकिङ समूहको ०.५९ प्रतिशत, विकास बैक समूहको ०.७२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१२ प्रतिशत, अन्य समूहको ०.१८ प्रतिशत र अन्य समूहको शेयर मूल्य घटेको छ ।
बुधबार पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज १०० कम्पनीको शेयर मूल्य बढ्दा १४० कम्पनीको शेयर मूल्य घटेको छ ।





