कर्मचारीलाई मन्त्री पाण्डेको निर्देशन: अड्किएको फायल २४ घण्टा भित्र छिनोफानो गर्नुस्

२०८१ भाद्र ५, बुधबार

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन्। बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा उक्त निर्देशन दिएका हुन्।

मन्त्री पाण्डेले भने, ‘मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको २४ घण्टा भित्र छिनोफानो गर्नुहोला।’ असोज महिना भित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेश गर्न कर्मचारीलाई निर्देशन दिएका थिए। त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरूको बारेमा अनिवार्य रुपमा जानकारी गराउन पनि उनले भने।

‘असोज महिना आउनु अघि नै योजना कार्यान्वयनका लागि केके गर्छौं ? गर्न सक्ने कार्यक्रमहरू के के हुन् ? गर्न नसक्ने काम के के हुन ? यस सन्दर्भमा अनिवार्य रुपमा गृहकार्य गर्दै अघि बढ्नु,’ मन्त्री पाण्डेले भने।

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरी सोही अनुसार दिएर अघि बढ्न समेत निर्देशन दिए। त्यस्तै उनले नीतिगत सुधारका लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नु पर्ने बताए।

उनले कर्मचारीले इमानदारी पूर्व व्यवसायिक धर्म निर्वाह नगर्दा काममा ढिलो हुने बताउँदै, मन्त्री, कर्मचारीले नुनको सोझो गर्दै अनिवार्य रुपमा नतिजा दिने गरी काम गर्न आग्रह गरे। कानुन निर्माणमा भइरहेको प्रति इङ्गित गर्दै उनले तीन दिन भित्र अन्तर मन्त्रालयका काम समेत सम्पन्न हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आश्वस्त पारेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार