अर्घाखाँचीमा स्कार्पियो दुर्घटना, दुई वडाध्यक्ष घाइते

२०८१ भाद्र ६, बिहीबार

अर्घाखाँची : अर्घाखाँचीको पाणिनि गाउँपालिका–७ घुम्ती नजिकै रिब्दीमा स्कार्पियो गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा दुई वडाध्यक्ष र चालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ ठूलापोखराका वडाध्यक्ष कमल पौडेल र गुल्मी दरबार गाउँपालिकाका प्रवक्ता एवं वडा–७ का वडाध्यक्ष सालिकराम टण्डन घाइते  भएका हुन्। घटनाको  चालक हिमाल राना रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रतितसिंह राठोरले बताए । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार गरिएको छ।

कपिलवस्तुबाट अर्घाखाँची सन्धिखर्कतर्फ आउँदै गरेको गुल्मी दरबार गाउँपालिकाको लु १ झ ४२५ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार