स्कुलमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारियो

२०८१ भाद्र ६, बिहीबार

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका, बलम्बुमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

चन्द्रागिरि नगरपालिका-१२, बलम्बु स्कुल नजिकैको घरअगाडि कुकरमा तारले बाँधिएकोजस्तो देखिने गरी शंकास्पद वस्तु फेला थियो । नजिकैको सीसीटीभी फुटेजमा देखिएको दृश्यअनुसार बुधबार दिउँसो करिब सवा १ बजेको समयमा एक युवकले उक्त शंकास्पद वस्तु राखेर गएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार