सेयर बजार उकालो लाग्यो भनेर सरकार ढुक्क बन्ने अवस्था छैन : सांसद शर्मा

२०८१ भाद्र ६, बिहीबार

काठमाडौँ : सांसद नारायणी शर्माले सेयर बजारमा अहिले उकालो यात्रा देखिए पनि यसले सर्वसाधारण जनताको जीवनमा कुनै प्रभाव नपारेको बताएकी छन् । सांसद शर्माले सेयर बजार उकालो लाग्यो भनेर सरकार ढुक्क बन्ने अवस्था नरहेको बताइन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सेयर बजारमा आम सर्वसाधारण भन्दा पनि बिचौलियाको मात्र पहुँच भएको बताइन् ।

‘शेयर बजारमा उकालो यात्रा देखेर सरकार ढुक्क नबनोस् । आम सर्वसाधारण भन्दा बिचौलियाको पहुँच छ । यसले सर्वसाधारणको जीवनमा प्रभाव पारको छैन‚’ उनले भनिन् ।

सांसद शर्माले बिचौलिया खुसी बनाउने र सरकारले आफ्नो आयु बढाउन खोजेको जनगुनासो रहेको उल्लेख गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार