काठमाडौं : साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ६.०१ अंकले बढेर २९७४.४६ विन्दुमा कायम भएको हो ।
यस दिन ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर किनबेच हुँदा १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँबराबरको कारोबार भएको छ । यस दिन सात उपसूचक वृद्धि हुँदा ६ वटा उपसूचक घटेको छ । विकास बैंक उपसूचकमा ४.५२ प्रतिशतको उछाल आएको छ ।
७ कम्पनीको शेयरमा सकारात्मक सर्किट
नेप्सेमा सूचीकृत १३२ वटा कम्पनीहरूको शेयरमूल्य वृद्धि भएको छ । यस दिन ७ वटा कम्पनीहरूको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएका छन् । जसमा तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पाेरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्री स्टार हाइड्रोपावर रहेका छन् ।
आज ग्रीन डेभलपमेन्ट बैंक ८.१५ प्रतिशत, महालक्ष्मी विकास बैंक ६.८३ प्रतिशत र स्वरोजगार लघुवित्तको ६.६४ प्रतिशतले शेयरमूल्य बढेको छ ।





