काठमाडौँ : सरकारको निर्णयसँगै विभिन्न इन्टरनेट सेवा प्रदायकले टिकटक खुला गरेका छन् ।
वर्ल्ड लिङ्क, सुविसुसहितका इन्टरनेट सेवा प्रदायकबाट टिकटक खुल्न थालिसकेको छ। एनसेल र टेलिकमले भने खुलाएका छैनन् । सरकारले बिहीबारको मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेपनि टिकटकसँग औपचारिक सम्झौता भएपछि मात्र खुला गर्ने भनेको थियो । प्रक्रिया पुरा गर्न सरकारले टिकटकलाई तीन महिनाको समय दिएको थियो ।
यद्यपि टिकटकले सर्तहरू पूरा गर्नु अगावै केही सेवा प्रदायकहरुले खुला गरेका हुन् ।





